२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद अनुपस्थितिको मापदण्ड स्पष्ट बनाउन र डिजिटल अभ्यास बढाउन रास्वपा सांसदको प्रस्ताव

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा नियमावली संशोधनसम्बन्धी छलफलका क्रममा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले सांसदहरूको संसद् उपस्थितिलाई व्यवस्थित गर्न स्पष्ट मापदण्ड तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा उनले कतिपय सांसद सदनमा अनुपस्थित रहे पनि बाह्य गतिविधि वा सार्वजनिक कार्यक्रममा सक्रिय देखिने प्रवृत्ति देखिएको भन्दै त्यसलाई उचित अभ्यास मान्न नसकिने बताए।

सांसद आचार्यले संसदीय जिम्मेवारीलाई अन्य सबै सार्वजनिक गतिविधिभन्दा उच्च प्राथमिकतामा राखिनुपर्ने धारणा राख्दै अनुपस्थित हुन पाइने वैध कारणहरू के-के हुन् भन्ने स्पष्ट व्यवस्था नियमावलीमै समावेश गर्नुपर्ने प्रस्ताव गरेका छन्।

उनले सांसदहरूको संसदीय गतिविधिमा सहभागिता र सक्रियताको अनुगमन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै जनताप्रति प्रत्यक्ष जबाफदेही हुने संयन्त्र विकास गर्नुपर्ने बताए।

त्यस्तै, उनले संसद् सञ्चालन प्रक्रियामा प्रविधिको उपयोग न्यून रहेको भन्दै आलोचना गरे। डिजिटलाइजेसन र ई-गभर्नेन्सबारे सार्वजनिक रूपमा चर्चा भए पनि संसदीय कार्य प्रणालीमा त्यसको प्रभावकारी प्रयोग नभएको उनको टिप्पणी थियो।

सांसद आचार्यले हालैको मतदान प्रक्रियामा लामो समय लाग्ने अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रविधिको सही उपयोग भएमा यस्ता प्रक्रियागत विषय छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने धारणा राखे।

उनले संसदीय प्रक्रिया अत्यधिक औपचारिक र समय-खपत हुने अवस्थामा रहेको उल्लेख गर्दै कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्।

0 Comments