काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित भएका छन्।
निर्वाचन परिणामअनुसार बास्तोलाले १८७ मत प्राप्त गर्दै भारी मतान्तरले विजय हासिल गरेका हुन् भने उनका प्रतिस्पर्धी डा. शेष रमण न्यौपानेले ६४ मत प्राप्त गरे । कुल २५९ मत खसेको निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो ।
उपसभापतिमा विष्णुबहादुर पन्त १३१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १२४ मत प्राप्त गरेका थिए । सचिवमा अनिल श्रेष्ठ सर्व सम्मत निर्वाचित भएका छन् ।
सहसचिव पदमा भने दुर्गा कुमार श्रेष्ठ १२७ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी पदमबहादुर सुनारले १२६ मत प्राप्त गरेका थिए ।







