१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समिति बैठकमा मन्त्री अनुपस्थित भएपछि स्पष्टीकरण माग्ने तयारी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै यस विषयमा मन्त्रालयसँग औपचारिक जवाफ माग्ने तयारी गरेको छ ।

मंगलबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले पूर्वजानकारीसहित बैठकको सूचना दिइएको अवस्थामा पनि मन्त्री सुनिल लम्साल उपस्थित नभएको विषयलाई गम्भीर रूपमा लिइएको बताएका हुन् ।

सभापति गजुरेलले समितिको पहिलो बैठकमै सम्बन्धित मन्त्रीको अनुपस्थिति देखिनु उचित नभएको उल्लेख गर्दै निर्माण तथा यातायात क्षेत्रसँग सम्बन्धित थुप्रै चुनौती र नीतिगत विषयमा मन्त्रालयको प्रत्यक्ष सहभागिता आवश्यक रहेको धारणा राखे । समितिले बैठकको कार्यसूचीको महत्वलाई ध्यानमा राखेर छलफल आयोजना गर्ने भएकाले सम्बन्धित मन्त्री पनि त्यसप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो ।

उनले बैठकबारे मन्त्रालयलाई समयमै जानकारी गराइएको र मन्त्रीलाई पटक-पटक स्मरण गराइएको उल्लेख गर्दै उपस्थित हुन नसक्नुको कारणबारे मन्त्रालयसँग स्पष्टीकरण लिइने जानकारी दिए ।

बैठकका क्रममा सभापति गजुरेलले सडक सुरक्षा र यातायात व्यवस्थापनका विषयमा पर्याप्त सरकारी ध्यान नपुगेको टिप्पणी पनि गरेका थिए । नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाको ज्यान जाने अवस्था रहेको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय सरोकारको विषयका रूपमा लिनुपर्ने बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद धनेन्द्र कार्की, नेपाली काँग्रेस की सांसद वासना थापा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद नीता घतानीले पनि मन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाउँदै समितिप्रति मन्त्रालयको जबाफदेहिता सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गरेका थिए।

0 Comments