२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम बजेट विवाद : समर्थन फिर्ता वा प्रस्ताव फिर्ता दुवै विकल्प एमालेद्वारा अस्वीकार

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटलाई लिएर सत्ता गठबन्धनभित्रको मतभेद थप गहिरिएको छ। सरकारमै सहभागी रहेको नेकपा (एमाले) का ६ प्रदेशसभा सदस्यले बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गरेपछि राजनीतिक विवाद नयाँ चरणमा पुगेको हो।

बजेटमाथिको उक्त प्रस्तावपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेसँग सरकारलाई दिएको समर्थन फिर्ता लिन वा दर्ता गरिएको खर्च कटौती प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन्।

यद्यपि, एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले यी दुवै विकल्प पार्टीका लागि स्वीकार्य नरहेको बताएका छन्। उनले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र खर्च कटौती प्रस्ताव पनि यथावत् रहने स्पष्ट पारे।

मल्लले आवश्यक ठानेमा मुख्यमन्त्रीले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्न सक्ने उल्लेख गर्दै त्यससम्बन्धी निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमै रहेको धारणा व्यक्त गरेका छन्।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। उनीहरू सरकारमै रहँदा आफ्नै सरकारविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता भएपछि प्रदेशको सत्ता समीकरण र बजेट पारित प्रक्रियालाई लिएर राजनीतिक चासो बढेको छ।

Leave a Reply