३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुँजी बजारमा ‘सर्ट सेलिङ’ व्यवस्था ल्याउने तयारी, बजार घट्दा पनि प्रतिफलको अवसर हुने

अ+ अ-

काठमाडौँ। नेपाल धितो पत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा ‘सर्ट सेलिङ’ प्रणाली कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। उक्त व्यवस्था लागू भएपछि बजार ओरालो लागेका बेला पनि लगानीकर्ताले निश्चित सर्तअनुसार प्रतिफल आर्जन गर्न सक्ने व्यवस्था हुने बोर्डको भनाइ छ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले नयाँ प्रणाली छिट्टै लागू गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्। उनका अनुसार बजार बढेको अवस्थामा मात्र लगानीकर्ताले लाभ लिन सक्ने परम्परागत अभ्यासलाई विस्तार गर्दै बजार घट्दा पनि लगानी व्यवस्थापनको अवसर उपलब्ध गराउने उद्देश्यले ‘सर्ट सेलिङ’ प्रणाली ल्याउन लागिएको हो।

अध्यक्ष भट्टले नेपालको पुँजी बजार सधैँ उकालो लागिरहनुपर्छ भन्ने धारणा व्यवहारिक नभएको उल्लेख गर्दै विश्वका कुनै पनि पुँजी बजार निरन्तर एउटै दिशामा अघि नबढ्ने बताए। बजारमा उतारचढाव स्वाभाविक प्रक्रिया भएकाले त्यसलाई असामान्य रूपमा व्याख्या गर्न नहुने उनको भनाइ थियो।

उनले बजारमा गिरावट आउँदा धितो पत्र बोर्डमाथि अनावश्यक दबाब सिर्जना हुने गरेको उल्लेख गर्दै नियामक निकायको दायित्व बजारको दिशा तय गर्नु नभई सबै सहभागीका लागि समान र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नु रहेको स्पष्ट पारे।

0 Comments