३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महिला उद्यमशीलता प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध’ : प्रधानमन्त्री शाह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको क्षमता विकास, व्यवसाय विस्तार र उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले सामना गरिरहेका समस्या समाधान गर्दै उत्पादनलाई बजारसँग जोड्ने वातावरण निर्माणमा सरकार सक्रिय रहेको बताए।

उनले महिला उद्यमीबाट उत्पादित वस्तुहरूलाई देशका प्रमुख पर्यटकीय क्षेत्रसम्म प्रवर्द्धन गर्ने व्यवस्था मिलाइने जानकारी गराए। उद्यम सञ्चालनमा देखिएका अवरोध हटाउँदै महिलाको आर्थिक सहभागिता बढाउने दिशामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले महिला उद्यमीका लागि व्यवसाय सञ्चालनमैत्री वातावरण निर्माण, उत्पादन तथा सेवालाई स्वदेशी र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विशेष कार्यक्रम सञ्चालन, व्यापार मेला, प्रदर्शनी, बिजनेस टु बिजनेस (बीटुबी) कार्यक्रम र निर्यात प्रवर्द्धनका गतिविधिमा सहभागिताको अवसर सुनिश्चित गर्न माग गरेका थिए।

महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारको सहयोग आवश्यक रहेको धारणा राखेको थियो। उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले ब्रान्डलाई तत्काल बजारमा ल्याउने पहल गर्न आग्रह गरेका थिए।

महिला उद्यमी महासंघले आयोजना गर्ने वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य आवश्यक रहेको पनि छलफलमा माग गरिएको थियो। साथै, सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई सहभागी गराउन कानुनी व्यवस्थामार्फत प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्ने प्रणाली विकास गर्न आग्रह गरिएको थियो।

महासंघका प्रतिनिधिहरूले वास्तविक महिला उद्यमीले वित्तीय सहुलियत प्राप्त गर्न नसकेको गुनासो गर्दै यस्तो सुविधा गाउँ तहसम्म विस्तार गर्नुपर्ने बताएका थिए। पुँजी अभावका कारण उद्यम गर्ने चाहना रोक्न नहुने भन्दै धितोसम्बन्धी वैकल्पिक व्यवस्था गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका थिए।

छलफलमा महासंघलाई महिला उद्यमीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा सरकारी नीति निर्माण र संयन्त्रमा सहभागी गराउनुपर्ने मागसमेत राखिएको थियो। स्थानीय तहमा सीप विकाससम्बन्धी तालिम सञ्चालनका लागि महासंघले दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

महासंघका प्रतिनिधिहरूले आफ्ना विषयलाई प्राथमिकताका साथ सुनेर तत्काल पहल अघि बढाएको भन्दै प्रधानमन्त्री शाहप्रति धन्यवाद व्यक्त गरेका छन्।

0 Comments