३ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाईवाईसहित चार ब्रान्डका चाउचाउ बिक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न आदेश

अ+ अ-

प्रयोगशाला परीक्षणपछि न्यूनस्तर पाइएका वाईवाईसहित चार ब्रान्डका चाउचाउका निश्चित ब्याच बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार बर्दियास्थित उत्पादक कम्पनीलाई आदेश दिइएको छ।

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा न्यूनस्तर पाइएका वाईवाईसहित चार ब्रान्डका चाउचाउका निश्चित ब्याच बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा सङ्कलन गरिएका नमुना प्रयोगशालामा परीक्षण गर्दा बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिबाट उत्पादित चारवटा चाउचाउ न्यूनस्तर पाइएको जनाएको छ।

विभागका अनुसार बजारबाट फिर्ता गर्न आदेश दिइएका उत्पादनमा गोलमोल ब्रान्डको २५ ग्रामको इन्स्ट्यान्ट नुडल्स, वाईवाई ब्रान्डको ६० ग्रामको इन्स्ट्यान्ट नुडल्स, प्रिमियम पिरो ब्रान्डको २५ ग्रामको इन्स्ट्यान्ट नुडल्स र मामा ब्रान्डको ६० ग्रामको इन्स्ट्यान्ट नुडल्स छन्।

विभागले गोलमोल ब्रान्डको ब्याच नम्बर बी/बीएम२ सी, २०८३.०१.११, उत्पादन मिति २०८३/०१/११ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको चाउचाउ फिर्ता गर्न भनेको छ।

त्यसैगरी, वाईवाई ब्रान्डको ब्याच नम्बर बी/बीएम१–एक्स–२०२६–०५–१४, उत्पादन मिति २०२६/०५/१४ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउ पनि फिर्ता गर्न आदेश दिइएको छ।

प्रिमियम पिरो ब्रान्डको ब्याच नम्बर बी/बीएम२, सी, २०८३.०१.२८, उत्पादन मिति २०८३/०१/२८ तथा उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग अवधि उल्लेख भएको २५ ग्रामको चाउचाउ पनि फिर्ता गर्नुपर्ने सूचीमा छ।

यस्तै, मामा ब्रान्डको ब्याच नम्बर बी/बीएम१–एक्स–२०२६–०५–१३, उत्पादन मिति २०२६–०५–१३ र उत्पादन मितिदेखि १२ महिनासम्म उपभोग गर्न मिल्ने उल्लेख भएको ६० ग्रामको चाउचाउसमेत बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको छ।

विभागका अनुसार परीक्षण गरिएका नमुना खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(क) विपरीत न्यूनस्तरको पाइएको हो।

विभागले सोही ऐनको दफा ३८ को उपदफा (२) अनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न र उपदफा (४) अनुसार बिक्री-वितरण नगर्न तथा नगराउन आदेश दिएको छ।

0 Comments