७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापतौल नियम उल्लंघन गर्ने ६ हजार प्रतिष्ठानमाथि कारवाही

अ+ अ-

काठमाडौँ । तोकिएको मापदण्डअनुसार नापतौल उपकरणको अनुमति नवीकरण नगर्ने तथा मापन प्रणालीमा हेरफेर गरी उपभोक्तालाई असर पार्ने कार्यमा संलग्न करिब ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही गरिएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भुकुमार झाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नापतौलसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने ती प्रतिष्ठानमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

नापतौल उपकरणको सञ्चालन अनुमति नवीकरण नगर्नु तथा उपकरणमा कृत्रिम घटबढ गरी उपभोक्तालाई कम परिमाण उपलब्ध गराउने कार्य स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दण्डनीय मानिन्छ ।

कार्यालयले सोही आर्थिक वर्षमा एक हजार ६४५ वटा व्यावसायिक प्रतिष्ठानलाई नयाँ नापतौल सञ्चालन अनुमति प्रदान गरेको जनाएको छ । कोशी प्रदेशका १० जिल्ला र मधेस प्रदेशका सिरहा तथा सप्तरी गरी १२ जिल्लामा कार्यालयको कार्यक्षेत्र रहेको छ ।

कार्यालयका अनुसार गत आवमा दुई हजार १२३ वटा प्रतिष्ठानको नियमित निरीक्षण तथा परीक्षण गरिएको थियो । यसैगरी तीन हजार ५७८ वटा व्यावसायिक प्रतिष्ठानको अनुगमन गरी आवश्यक नवीकरणसमेत गरिएको छ ।

अनुगमनका क्रममा २४१ वटा प्रतिष्ठानमा एकल अनुगमन र २४ वटा प्रतिष्ठानमा संयुक्त अनुगमन गरिएको कार्यालयले जनाएको छ । नापतौलसम्बन्धी विभिन्न सेवा तथा प्रशासनिक प्रक्रियाबाट कार्यालयले गत आर्थिक वर्षमा एक करोड ६३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको कार्यक्षेत्रअन्तर्गत कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु तथा मधेस प्रदेशका सिरहा र सप्तरी जिल्ला रहेका छन् ।

0 Comments