१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलमानको टिप्पणी : ‘स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैन’

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रालयहरूमा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारको संख्या अत्यधिक बढ्दै गएको दाबी गर्दै त्यसले सरकारी खर्च, प्रशासनिक अनुशासन र कर्मचारीतन्त्रको कार्यसम्पादनमा असर परेको बताएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले केही मन्त्रीले पाँचदेखि सात जनासम्म पारिश्रमिकसहितका स्वकीय सचिव तथा सल्लाहकार राख्नुका साथै ठूलो संख्यामा पारिश्रमिकबिनाका सहयोगीसमेत परिचालन गरेको गुनासो आएको उल्लेख गरे। उनका अनुसार यसका कारण मन्त्रालयमा नियमित कर्मचारीका लागि समेत कार्यकक्ष अभाव हुने अवस्था सिर्जना भएको जानकारी आफूले पाएको बताए।

उनले मन्त्रालयको संख्या घटाएर सरकारी खर्च नियन्त्रण गर्ने सरकारी उद्देश्यसँग स्वकीय सचिव र सल्लाहकारको बढ्दो संख्या मेल नखाने टिप्पणी गरे। मन्त्रालय घटे पनि यस्ता पदमा नियुक्ति बढ्दै जाँदा अपेक्षित खर्च कटौतीको लक्ष्य प्रभावित हुन सक्ने उनको भनाइ थियो।

घिसिङले स्वकीय सचिव र सल्लाहकारको अत्यधिक हस्तक्षेपले कर्मचारी प्रशासनको मनोबलमा पनि नकारात्मक प्रभाव पर्न सक्ने धारणा व्यक्त गरे। यस्ता व्यवस्थाले सुशासन, प्रशासनिक प्रभावकारिता तथा सार्वजनिक खर्च व्यवस्थापनमा चुनौती थप्न सक्ने भएकाले सरकारले यसको समग्र समीक्षा गर्नुपर्ने उनको आग्रह थियो।

आफू मन्त्री रहँदा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा एक जना तलबसहितका स्वकीय सचिव र एक जना पारिश्रमिकबिनाका सल्लाहकार मात्र राखेको अनुभव सुनाउँदै उनले अहिलेको अभ्यास विगतको व्यवस्थाभन्दा फरक दिशामा गएको बताए।

पत्रकार सम्मेलनमा घिसिङले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने व्यवस्थामाथि पनि प्रश्न उठाए। योग्य जनशक्तिको व्यावसायिक सहयोगका लागि यस्तो व्यवस्था उपयोगी हुन सक्ने भए पनि व्यवहारमा धेरैजसो नियुक्ति व्यक्तिगत निकटतालाई आधार बनाएर हुने गरेको उनको आरोप थियो।

सांसद र मन्त्री दुवैका हकमा स्वकीय सचिव तथा सल्लाहकार नियुक्तिसम्बन्धी व्यवस्थालाई मितव्ययी, पारदर्शी र आवश्यकतामा आधारित बनाउँदै सार्वजनिक खर्च नियन्त्रण तथा सुशासनलाई प्राथमिकता दिन सरकारसँग उनले आग्रह गरेका छन्।

0 Comments