काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीलाई १५ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन अन्तिम सूचना जारी गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार खानी तथा भू-गर्भ विभागमा कार्यरत रेखा नेपाल (जियोलोजी सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प. तृतीय श्रेणी, जियोलोजी असिस्टेन्ट) गौतम प्रसाद खनाल २०८२ असोज ७ गतेदेखि पूर्वस्वीकृति वा जानकारीबिना लगातार कार्यालयमा अनुपस्थित रहेको उल्लेख गरिएको छ।
मन्त्रालयले खनाललाई स्पष्ट कारणसहित १५ दिनभित्र कार्यालयमा उपस्थित हुन वा आफ्नो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
सूचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए वा चित्तबुझ्दो स्पष्टीकरण पेस नगरे निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम तथा निजामती सेवा नियमावली, २०५० बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।







