१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमिहीन व्यवस्थापनमा स्थानीय तहको असहयोग, सहकार्यका लागि विपक्षीसँग मन्त्री रावलको आग्रह

अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनमा केही स्थानीय तहबाट अपेक्षित सहयोग नपाउँदा प्रक्रिया प्रभावित भएको बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कामलाई प्रभावकारी बनाउन सबै राजनीतिक दल र तहगत सरकारबीच सहकार्य आवश्यक रहेको बताइन्।

उनले समस्या समाधानका लागि विपक्षी दलहरूको समेत सहयोग आवश्यक रहेको भन्दै भूमिहीन सुकुम्वासीलाई छिटोभन्दा छिटो जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने अभियानमा साथ दिन आग्रह गरिन्।

मन्त्री रावलका अनुसार काठमाडौं उपत्यकाका ३ सय ८८ भूमिहीन सुकुम्वासी परिवारको विवरण संकलन गरी होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये ५८ परिवारको निवेदन सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको भए पनि चारवटा पालिकाले मात्र आवश्यक सूचना प्रकाशन गरेको उनले जानकारी दिइन्।

उनका अनुसार होल्डिङ सेन्टरमा रहेका ५१ परिवारको नाममा अन्यत्र जग्गा रहेको भेटिएपछि उनीहरूको निवेदन अस्वीकृत गरिएको छ। यस्तै, थप ५१ परिवारको विवरण यसअघि नै आयोगमा दर्ता भएकाले सूचना प्रकाशनको प्रक्रिया अघि बढाउने तयारी भइरहेको उनले बताइन्।

मन्त्री रावलले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन संघ, प्रदेश र स्थानीय तहको साझा जिम्मेवारी भएको उल्लेख गर्दै प्रदेश तथा स्थानीय तहबाट आवश्यक सहजीकरण हुनुपर्ने बताइन्।

उनले प्रतिनिधि सभामा भएको सार्वजनिक महत्वको प्रस्तावको प्रतिलिपि सबै स्थानीय तहमा पठाई भूमिहीन व्यवस्थापनको कामलाई तीव्रता दिन पहल गर्नुपर्ने प्रस्तावसमेत राखेकी छन्।

0 Comments