२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढ्यो, पाँच उम्मेदवार अन्तर्वार्ताका लागि छनोट

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि छनोट प्रक्रिया अघि बढाएको छ। खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदपूर्ति गर्न आवेदन दिएका उम्मेदवारमध्ये पाँच जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिको निर्णयअनुसार शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा उम्मेदवार छनोट गरिएको हो।

छनोटमा परेका उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।

मन्त्रालयका अनुसार छनोट भएका उम्मेदवारहरूले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। प्रस्तुतीकरण र अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौँमा सञ्चालन हुनेछ।

सूचनाअनुसार गौतमको प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८३ साल साउन २५ गते बिहान ७ बजे, घिमिरेको बिहान ८ बजे, कार्कीको साँझ ५ बजे, न्यौपानेको साँझ ६ बजे र समता पन्त भट्टको २६ गते बिहान ८ बजे तय गरिएको छ।

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले यसअघि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत आवेदन आह्वान गरेको थियो। अब प्रस्तुतीकरण र अन्तर्वार्ताबाट प्राप्त मूल्यांकनका आधारमा छनोट समितिले अन्तिम सिफारिस गर्नेछ।

0 Comments