२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आदिवासी जनजाति र सीमान्तकृतका लागि बागमती प्रदेश सरकार अभिभावक बन्नेछ’ : मुख्यमन्त्री बानियाँ

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत र विपन्न समुदायको उत्थानका लागि प्रदेश सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

 मुख्यमन्त्री बानियाँले नेपालको लोकतान्त्रिक आन्दोलन र संघीय गणतन्त्र प्राप्तिको संघर्षमा आदिवासी जनजाति समुदायको ठूलो बलिदान रहेको चर्चा गरे । उनले नेपाली काँग्रेसको इतिहासमा लौह पुरुष गणेशमान सिंह, भीमबहादुर तामाङ र बखानसिंह गुरुङ जस्ता योद्धाको योगदान स्मरणीय रहेको बताउँदै काँग्रेस सधैँ जनजातिको अस्तित्व र पहिचानको पक्षमा लड्ने पार्टी भएको दाबी गरे । 

 विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच पुर्‍याउन बागमती प्रदेश सरकारले प्रभावकारी कदम चालेको मुख्यमन्त्री बानियाँले जानकारी दिए । उनकाअनुसार चेपाङ, बोटे र जिरेल जस्ता अति पिछडिएका समुदायका विद्यार्थीलाई डाक्टर, इन्जिनियर तथा पशु चिकित्सक (भेटेरिनरी) पढाउन सरकारले पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको छ । 

उनले भने, गत बजेटबाट मात्रै सात जना विद्यार्थीलाई नि:शुल्क चिकित्सा शिक्षा अध्ययनको व्यवस्था मिलाइएको छ, जसमा एक जना विद्यार्थीका लागि ४० लाख रुपैयाँसम्म खर्च सरकारले व्यहोरेको छ । धर्म व्यक्तिले धारण गर्ने सत्य हो, तर यसको नाममा राजनीति गरिनु हुँदैन । हामी सबै जातजाति, भाषा र संस्कृतिको सहअस्तित्वमा विश्वास गर्छौँ ।’

आगामी दिनमा यो संख्या अझै बढाइने र प्रवेश परीक्षामा नाम निकालेर पनि आर्थिक अभावमा ‘पेयबल’ कोटामा पढ्न नसक्ने जनजातिका छोराछोरीको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

 बागमती प्रदेश सरकारले आदिवासी जनजातिको भाषिक अधिकारलाई सुनिश्चित गर्दै नेपाल भाषा (नेवारी) र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइसकेको उनले उल्लेख गरे। यस्तै, आदिवासी जनजाति महासंघको भवन निर्माणका लागि सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको र बाँकी आवश्यक बजेट पनि उपलब्ध गराउने आश्वासन उनले दिए ।

 नेपाली काँग्रेसका संस्थापक नेताहरूको आदर्श स्मरण गर्दै मुख्यमन्त्री बानियाँले धर्म व्यक्तिको व्यक्तिगत आस्थाको विषय भएको र राज्यले सबै धर्मप्रति सद्भाव राख्नुपर्ने बताए । 

0 Comments