२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन एमालेको ह्विप, काँग्रेसमा निर्णयको प्रतीक्षा

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेले आफ्ना सांसदलाई त्यसको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

एमाले संसदीय दलको बिहीबार बसेको बैठकले मुख्यमन्त्री शाहले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकार गर्न सांसदहरूलाई ह्विप जारी गरेको हो। संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुनसमेत सांसदहरूलाई निर्देशन दिइएको छ।

एमालेले साउन ३१ गते मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो। संवैधानिक व्यवस्था अनुसार समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट हट्नुपर्ने अवस्था हुन्छ। उक्त समय सीमा बिहीबार पूरा हुँदै छ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारीबारे प्रदेश सभाका सभामुखलाई जानकारी गराएपछि एमालेले आफ्नो संसदीय दलको धारणा सार्वजनिक गरेको हो। तर, नेपाली काँग्रेसभित्र भने मुख्यमन्त्रीले विश्वासको मत लिने वा पदबाट राजीनामा दिने भन्ने विषयमा अझै निर्णय हुन बाँकी छ।

0 Comments