काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्स्योरेन्स कम्पनीको सेयर कारोबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी शुभेच्छा खरेलसँग जनही १० लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका सदस्य सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले बिहीबार धरौटी वा सो बराबरको बैंक जमानतमा तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
अदालतले माग गरिएको धरौटी वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०८० अनुसार थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेश दिएको छ।






