२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सेवा ऐनका दुई व्यवस्था अमान्य, राजपत्रमा सूचना प्रकाशित गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशको स्थानीय सरकारी सेवा ऐनमा रहेका दुई शब्दावली संविधानसँग बाझिएको ठहर गर्दै प्रारम्भदेखि नै अमान्य र बदर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्न भनेको छ।

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० का दुई व्यवस्थालाई प्रारम्भदेखि नै अमान्य र बदर ठहर गरेको आदेश नेपाल राजपत्रमा प्रकाशित गर्न भनेको छ।

सर्वोच्चको संवैधानिक इजलासले उक्त ऐनको दफा ८ को उपदफा १६ को खण्ड (क)मा रहेको ‘साबिक स्थानीय निकायको स्वीकृत दरबन्दीमा’ र खण्ड (ख)मा रहेको ‘निजामती सेवा बाहेकबाट समायोजन भई आएका र’ भन्ने शब्दावली संविधानसँग बाझिएको ठहर गरेको हो।

पदमबहादुर कार्की निवेदक तथा कोशी प्रदेश सभा र कोशी प्रदेश सरकारसमेत विपक्षी रहेको उत्प्रेषणसम्बन्धी रिटमा संवैधानिक इजलासले २०८३ असार २५ गते अन्तिम आदेश जारी गरेको थियो।

अदालतले नेपालको संविधानको धारा १३३ को उपधारा १ बमोजिम ती शब्दावली प्रारम्भदेखि नै अमान्य र बदर हुने ठहर गरेको छ।

सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम २७ को उपनियम १ र २ अनुसार उक्त फैसला कार्यान्वयनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाइएको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले साउन २५ गते मन्त्रालयलाई पत्राचार गर्दै अन्तिम आदेशबमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न अनुरोध गरेको हो।

0 Comments