काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेलाले पार्टीको १५औँ महाधिवेशन आयोजनाको तयारीसम्बन्धी जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ।
तीन दिनसम्म चलेको राष्ट्रिय भेलाको आइतबार सम्पन्न बैठकले महाधिवेशन तयारीको समन्वय डा। कोइरालाले गर्ने निर्णय गरेको हो।
भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले नै आगामी १५औँ महाधिवेशन आयोजना गर्नुपर्ने निष्कर्ष निकालेको छ।
निर्णयसँगै आगामी महाधिवेशनका लागि आवश्यक संगठनात्मक तथा तयारीका काम अघि बढाउने जिम्मेवारी शशांक कोइरालालाई दिइएको हो।
वर्तमान निर्वाचित नेतृत्वकै माध्यमबाट महाधिवेशन प्रक्रिया अघि बढाउने विषयमा भेलाले आफ्नो धारणा तय गरेको जनाइएको छ।






