१ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभामा बाढी पहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढी पहिरोले मानवीय जनधनको क्षति भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको आकस्मिक बैठकमा सांसदहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन र बाढी पहिरोबाट पीडित परिवारको सुरक्षामा जोड दिन सरकारसमक्ष माग गरे ।  

बैठकमा सांसद पद्माकुमारी अर्यालले अविरल वर्षाका कारण बाढी पहिरोले देशभर जनधनको क्षति भएको जानकारी गराएकी छन् । उनले रोल्पामा दुई दिनमा १८ जनाले मृत्युवरण गर्नुपरेको भन्दै जाजरकोट, बाजुरा, कास्की, पर्वतलगायत क्षेत्रमा यस अवधिमा बाढी पहिरोका कारण धेरै नागरिकले प्रभावित भएका जानकारी दिएकी हुन् । उनले जोखिममा भएका जनताको सुरक्षा, घाइतेलाई उपचार गर्नुका साथै राज्यले अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

सांसद वर्षमान पुनले रोल्पामा गएको पहिरोका कारण धेरै जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद वलावती शर्माले बाढी पहिरोका कारण बाग्लुङ जिल्लामा भएको धनजनको क्षतिको अवस्था सुनाउँदै विपद् व्यवस्थापन गर्न सरकारसमक्ष आग्रह गरे । उनले सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्न माग आग्रह गरे । 

सांसद राजीव खत्रीले सरकारले भूमिहीनको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै सुकुमवासीलाई निराश नहुन आग्रह गरे । सांसद मधुकुमार चौलागाईंले बाढी पहिरोका कारण बिग्रिएको सडक स्तरोन्नति र मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद पार्वती विकले गत साउनको अन्तिम सातामा आएको निरन्तर वर्षाका कारण जाजरकोटका जनताले भोग्नु परेको पीडा सुनाउँदै सरकारले तत्काल राहत र सुरक्षित बस्ती व्यवस्थापनमा जोड दिनुपर्ने माग राखे । सांसद रेणुका काउचाले बाग्लुङ जिल्लासहित विभिन्न क्षेत्रमा भएको बाढी पहिरोका कारण प्रभावित नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताइन् । सांसद सन्दीप रानाले विपद् व्यवस्थापनमा विज्ञ प्राविधिक टोलीमार्फत अध्ययन गरी वैज्ञानिक र दीर्घकालीन रोकथाम गर्नुपर्ने माग राखेका छन्। 

बैठकमा सांसद अभिषेक प्रताप साह, खड्गबहादुर शाही, यज्ञबहादुर बोगटी, यज्ञमणी न्यौपाने, विष्णुबहादुर खड्का, बिना गुरुङ, विक्रम खनाल, एशुदाकुमारी बराल, जोगकुमार बरबरिया यादव, अम्बिकादेवी सङ्ग्रौला, भीमकुमारी बुढामगर, निराशा चौधरी (डगौरा), रविन महतो, खड्कबहादुर बुढा, रमेशकुमार मल्लले विपद्का कारण विभिन्न क्षेत्रमा भएको घटना र क्षतिबारे जानकारी दिँदै प्रभावकारी रूपमा विपद् व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा सांसद कुलभक्त शाक्य र गणेश पराजुलीले कवि दुर्गालाल श्रेष्ठको मृत्यु भएकामा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनले  साहित्यका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गरेका छन् ।

0 Comments