२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्खुवासभा र उदयपुरमा विद्युत् तथा सञ्चार सेवाको समस्या समाधान गर्न सांसद लिम्बूको माग

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभा र उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् तथा सञ्चार सेवाको पहुँच विस्तार र मर्मतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिम्बूले अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकामा विद्युत् प्रसारण लाइन र सञ्चार टावरहरूमा गम्भीर क्षति पुगेको बताए । विद्युत् र नेटवर्क अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सोलार लाइटको भरमा बस्नुपरेको र सञ्चार सुविधा तथा सामाजिक सञ्जालबाट पूर्ण रूपमा वञ्चित हुनुपरेको उनले जानकारी दिए ।

उनले उदयपुर जिल्लाका कतिपय दुर्गम क्षेत्रमा हालसम्म राष्ट्रिय प्रसारण लाइनको पहुँच पुग्न नसकेको विषयमा सदनको ध्यानाकर्षण गराए ।

सांसद लिम्बूकाअनुसार उदयपुरको लिम्चुबुङ गाउँपालिका वडा नं. ५ अन्तर्गतका साप्ला र दगला गाउँ तथा ताप्ली गाउँपालिका वडा नं. १ का गुराँसे, जुके, फलाँटे र चालाङ्बेतिनी गाउँमा अहिलेसम्म विद्युत् सेवा उपलब्ध हुन सकेको छैन ।

विद्युत् र सञ्चारजस्ता आधारभूत आवश्यकताबाट नागरिकहरू वञ्चित हुनुपरेको उल्लेख गर्दै सांसद लिम्बूले यी समस्याहरूको यथाशीघ्र समाधान गर्न स्थानीय र संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराए।

0 Comments