२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगली हात्तीको आतंक नियन्त्रणको लागि वैज्ञानिक व्यवस्थापन गर्न माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणको लागी वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरमा क्षति पुर्‍याउने र जुनसुकै बेला आक्रमण हुने जोखिम बढेको उनले बताए। हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापनको नीति अवलम्बन गर्न सरकारसँग माग गरे ।

हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न तथा सडकमा सोलार बत्तीको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । सम्भावित क्षति रोक्न राज्यले पूर्व तयारी र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले क्षति भइसकेपछि मात्र समवेदना र सहानुभूति प्रकट गर्नुको सट्टा क्षति हुनै नदिने गरी राज्यले काम गर्नुपर्ने बताए । हात्तीको आतंकका कारण स्थानीयवासी बालबालिका र वृद्ध वृद्धाको सुरक्षालाई लिएर त्रसित अवस्थामा रहेको उनको भनाई छ । उनले जंगली हात्ती आतंकका कारण कतिपय नागरिक बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘ठूलो बथान सहित भारतबाट नेपाल छिरेका जंगली हात्तीको वितण्डाले झापा–३ का नागरिक केही दिन यता निकै प्रताडित बनेका छन् । दर्जनौँ हात्तीको बथानले किसानले निकै दुःख गरी रोपेको धान सखाप पार्ने क्रम केही दिन यता बढ्दो क्रममा रहेको छ । बाली मास्ने मात्र होइन, घर भत्काउने र जुनसुकै बेला आक्रमणमा परिने डरले नागरिकको निन्द्रा उडेको छ । जलथल जंगलमा बसेका हात्तीले हल्दीबारीका सात घरे अधिकारी चोक, रातमाटे देखि देउनिया सम्मका नागरिक प्रभावित बनाएका छन् । त्यस्तै बाह्रदशीको सुन्दरपुर, तिलबारी, सालघारी र मुजुरमाडी आसपासका किसान बसाई सर्ने परिस्थिति सम्म पुगेका छन् ।

कचनकवल र भद्रपुरमा पनि समस्या उस्तै छ । दर्जनौँको संख्यामा बस्ती छिर्ने हात्तीले भौतिक क्षति त पुर्‍याइरहेको नै छ, स्थानीय बासीलाई बालबालिका र वृद्ध वृद्धा जोगाउन निकै सकस परिरहेको छ । नजिकै सुरक्षा संयन्त्रको कमजोर उपस्थिति छ, घरमा भोल्टेजको अभावले बत्ती राम्रोसँग बल्दैन । हिँडडुल गर्ने सडकमा सडक बत्ती छैन, भगवान् भरोसामा बाँचेका छन् मेरो क्षेत्रका नागरिक । हात्ती नियन्त्रणका लागि प्रयोग भएका उपायहरू प्रभावकारी बन्न नसक्दा त्यसको गम्भीर असर नागरिकमा परिरहेको छ । अब राज्यले पीडामा बाँचेकाहरूलाई हेर्छ कि हेर्दैन भनेर नागरिकहरूले नजिकबाट नियालिरहेका छन् । हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन, हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान तथा सडकमा सोलार बत्तीको व्यवस्थापन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदछु । अब अनुगमन र निरीक्षण होइन, परिणाममुखी काम गर्नु पर्‍यो। क्षति भएपछि समवेदना र सहानुभूति प्रकट गर्नु भन्दा सम्भावित क्षति नै हुन नदिनु राज्यको धर्म हो ।’

हात्ती नियन्त्रणका लागि प्रयोग भइरहेका उपाय प्रभावकारी हुन नसकेको भन्दै उनले प्रभावित क्षेत्रमा सुरक्षा संयन्त्रको उपस्थिति पनि कमजोर रहेको बताए । विद्युत् आपूर्ति कमजोर हुँदा घरमा पर्याप्त प्रकाश नहुने र सडकमा सडक बत्तीको व्यवस्था नहुँदा हात्तीबाट हुने जोखिम थप बढेको उनको भनाई छ ।

0 Comments