२ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय चुनावमा निरन्तर काम गरेका कार्यकर्तालाई रास्वपाले प्राथमिकता दिने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी स्थापनादेखि निरन्तर संगठनमा सक्रिय रहेकालाई प्राथमिकतामा राख्ने संकेत गरेको छ। सभापति रवि लामिछानेले पार्टीको सुरुवाती चरणदेखि जिम्मेवारी सम्हाल्दै आएका कार्यकर्ताको उम्मेदवार बन्ने सम्भावना तुलनात्मक रूपमा बढी रहने बताएका छन्।

‘गाउँपालिका क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने क्रममा लामिछानेले पार्टी निर्माणको प्रारम्भिक अवस्थादेखि निरन्तर खटिएका व्यक्तिको योगदानलाई उम्मेदवार छनोटमा महत्व दिइने बताएका हुन्।

उनका अनुसार पार्टी स्थापना भएपछि संगठन विस्तारका क्रममा सक्रिय रहेका र विभिन्न कठिनाइबीच पार्टीको पक्षमा काम गरेका व्यक्तिले स्थानीय निर्वाचनमा प्रतिस्पर्धाका लागि सहज आधार पाउनेछन्। उनले पार्टीका लागि काम गर्दा कानुनी झमेला, आलोचना तथा अन्य दबाब सामना गरेका कार्यकर्ताको योगदानलाई नेतृत्वले बेवास्ता नगर्ने उल्लेख गरे।

तर पार्टीमा नयाँ तथा सक्षम व्यक्ति प्रवेश गरेमा उनीहरूलाई पनि उम्मेदवार बन्ने अवसर खुला रहने लामिछानेको भनाइ छ। कुनै नयाँ व्यक्ति योग्यता र क्षमताका आधारमा उपयुक्त देखिएमा लामो समयदेखि पार्टीमा काम गरिरहेका व्यक्तिले पनि त्यस्ता उम्मेदवारका लागि स्थान छाड्नुपर्ने उनले बताए।

रास्वपाले सक्षम नयाँ व्यक्तिलाई पार्टीमा प्रवेश गरी उम्मेदवार बन्न सक्ने व्यवस्था कायम राख्ने जनाएको छ। लामिछानेले सक्षम नयाँ अनुहार आउने सम्भावनालाई ध्यानमा राखेर केही व्यक्तिले पार्टी प्रवेशमा ढिलाइ गरिरहेको अवस्था रहेको उल्लेख गर्दै ‘क्यान्डिडेट क्लब’ को व्यवस्थाले त्यस्तो अवस्थालाई सम्बोधन गर्ने दाबी गरे।

रास्वपाले स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन मागेको छ। पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य पदका लागि आवेदन खुला गरिएको हो।

पार्टीको आह्वान अनुसार ४६० गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार छनोट गरिनेछ। त्यस्तै, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य पदका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरिएको छ।

यस प्रक्रियामार्फत स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटलाई संस्थागत बनाउने र पार्टीभित्रको निरन्तर सक्रियता तथा नयाँ क्षमतालाई सँगसँगै मूल्यांकन गर्ने रास्वपाको तयारी देखिएको छ।

0 Comments