४ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रासायनिक मलको प्रयोग घटाउँदै प्रांगारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति छ’ : सचिव मिश्र

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले माटोको स्वास्थ्य रक्षा र दिगो उत्पादनका लागि रासायनिक मलको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै प्रांगारिक र जैविक मल प्रवर्धन गर्ने नीति अघि सारेको छ ।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बिहीबार सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक श्रोत समितिको बैठकमा यसबारे स्पष्ट पारेका हुन्।

रासायनिक मलको अत्यधिक निर्भरताले माटोको स्वास्थ्य, आर्थिक भार र आपूर्ति श्रृङ्खलामा चुनौती थपेको बताए । सचिव डा. मिश्रका अनुसार सरकारले रासायनिक मल नीतिअन्तर्गत तीनवटा मुख्य खम्बालाई प्राथमिकतामा राखेको छ ।

जसमा वितरण प्रणालीमा निजी क्षेत्रको सहभागिता गराई राज्यको भार कम गर्ने, मलको उपलब्धता बढाउने र ‘एकीकृत बाली खाद्यतत्व व्यवस्थापन’ पद्धतिलाई प्रवर्द्धन गर्ने उल्लेख छ । यो पद्धतिले रासायनिक मलसँगै प्रांगारिक र जैविक मलको सन्तुलित प्रयोगलाई जोड दिने उनको भनाइ छ ।

पछिल्लो एक दशकमा नेपालमा रासायनिक मलको माग दुईदेखि तीन गुणाले बढेको तथ्यांक मन्त्रालयले प्रस्तुत गरेको छ । खेतीको व्यवसायीकरण, उन्नत बीउ र हाइब्रिड जातका बालीहरूको प्रयोग बढेसँगै मलको माग अत्यधिक भएको हो ।

सरकारले प्रांगारिक मल उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न विभिन्न सहुलियतको व्यवस्था गरेको छ । हाल प्रांगारिक मलका लागि आवश्यक मेसिनरी आयातमा कर छुट र साना स्टार्टअपहरूलाई ‘म्याचिङ ग्रान्ट’ उपलब्ध गराइँदै आएको छ । थप प्रोत्साहनका लागि व्यवसायीहरूलाई ढुवानीका साधन (ट्रक) मा भन्सार छुट, आयकरमा सहुलियत र विद्युत महसुलमा छुट दिने विषयमा अर्थ मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

मलको उत्पादन र प्रवर्धनमा स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने मन्त्रालयको ठहर छ । हाल लुम्बिनीलगायतका क्षेत्रमा जंगलको सोत्तर संकलन गरी कम्पोस्ट बनाउने र भर्मीकम्पोस्ट उत्पादन गर्ने साना व्यवसायीलाई अनुदान दिने कार्य भइरहेको छ ।

यस्तै, ‘हरियो मल’ का रूपमा चिनिने ढैँचा खेतीलाई प्रवर्द्धन गर्न स्थानीय तहमा सशर्त बजेट पठाइएको छ । एक हेक्टरमा ढैँचा खेती गर्दा करिब १४० किलो युरिया मल बचत हुने प्राविधिक विश्लेषण रहेको छ । मन्त्रालयले वातावरणीय सन्तुलन कायम राख्दै उत्पादन बढाउन अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यलाई पनि तीव्रता दिएको छ । भारत सरकारको सहयोगमा ५० जना प्राविधिकलाई ‘प्राकृतिक खेती’ सम्बन्धी तालिम दिइएको र थप ५० जनालाई पठाउने तयारी भइरहेको छ। यस्तै, आईएफएडीको सहयोगमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १०० पालिकाहरूमा सात वर्षे ‘इकोलोजिकल एग्रिकल्चर’ परियोजना सुरु गरिएको छ । मन्त्रालयले वन क्षेत्रमा खेर गइरहेको सोत्तर संकलन गरी डढेलो नियन्त्रण गर्ने र त्यसलाई मलमा रूपान्तरण गर्ने योजना समेत बनाएको छ । साथै, धान र गहुँको ठुटो (पराल र छ्वाली) खेतमै जलाउने परिपाटी अन्त्य गरी त्यसलाई मलको रूपमा प्रयोग गर्न किसानहरूलाई प्रेरित गरिने सचिव मिश्रले स्पष्ट पारे ।

आगामी ३-४ वर्षभित्र रासायनिक मलको बढ्दो दरलाई रोकेर प्रांगारिक मलको बजार व्यवस्थित गर्ने सरकारको लक्ष्य रहेको छ ।

0 Comments