९ भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालो चस्मा लगाउनुपर्ने कारणसहित प्रधानमन्त्री शाहले संसद सचिवालयमा बुझाए स्वास्थ्य रिपोर्ट

सभामुखले संसदमा कालो चस्मा प्रयोग नगर्न र स्वास्थ्यगत आवश्यकता भए प्रमाण पेस गर्न आग्रह गरेपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आँखाको समस्यासम्बन्धी स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्।

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधि सभा बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने स्वास्थ्यगत कारण खुलाउँदै संघीय संसद सचिवालयमा स्वास्थ्य परीक्षण रिपोर्टसहित पत्र पठाएका छन्।

संसद स्रोतले जनाएअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रमा आँखासम्बन्धी समस्याका कारण प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको उल्लेख छ। संसद बैठकमा कालो चस्माको प्रयोगबारे सभामुखबाट चासो व्यक्त भएपछि त्यसको कारण र स्वास्थ्य परीक्षणसम्बन्धी विवरण सचिवालयमा औपचारिक रूपमा पठाइएको हो।

प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदै छन्। उक्त बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम छ।

सभामुखको आग्रहपछि सचिवालयमा पुग्यो रिपोर्ट
सभामुख डोलप्रसाद अर्यालले यसअघि प्रमुख सचेतक तथा सचेतकहरूमार्फत सांसदहरूलाई कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए।

स्वास्थ्यगत कारणले कालो चस्मा लगाउनै पर्ने अवस्था भए त्यसको कारण खुलाउन र स्वास्थ्य परीक्षण रिपोर्टसमेत उपलब्ध गराउन सभामुखले आग्रह गरेका थिए।

त्यसपछि प्रधानमन्त्री शाहका तर्फबाट स्वास्थ्यगत कारण र परीक्षण रिपोर्टसहित संसद सचिवालयलाई औपचारिक जानकारी गराइएको संसद स्रोतले जनाएको छ। सचिवालयमा प्राप्त विवरणमा प्रधानमन्त्रीलाई आँखाको समस्याका कारण उज्यालोमा हेर्न असहज हुने उल्लेख छ।

सैनिक अस्पतालमा भएको थियो आँखा परीक्षण
प्रधानमन्त्री शाहले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए। उनको आँखा परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।

परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने तथा आँखा सुक्खा हुने समस्या छ। आँखाको सुक्खापनका कारण बेलाबेला आइड्रप प्रयोग गर्नुपर्ने अवस्थासमेत रिपोर्टमा उल्लेख छ। यही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा प्रयोग गर्नुपर्ने विवरण प्रधानमन्त्रीका तर्फबाट संसद सचिवालयमा पठाइएको हो।

संसदीय मर्यादाको प्रश्नमा स्वास्थ्यगत अपवाद
संसद बैठक सञ्चालन, अनुशासन र मर्यादासँग सम्बन्धित विषय सभामुखको क्षेत्राधिकारभित्र पर्छ। बैठकमा सांसद तथा पदाधिकारीको उपस्थितिसँग जोडिएका विषयमा सभामुखले आवश्यक निर्देशन वा आग्रह गर्न सक्छन्।

कालो चस्माको विषयमा पनि सभामुखले सामान्य अवस्थामा यसको प्रयोग नगर्न आग्रह गर्दै स्वास्थ्यगत आवश्यकता भए प्रमाणसहित कारण खुलाउन भनेका थिए।

प्रधानमन्त्री शाहले स्वास्थ्य परीक्षण रिपोर्ट नै सचिवालयमा पठाएपछि कालो चस्माको प्रयोगलाई स्वास्थ्यगत आवश्यकताका रूपमा जानकारी गराइएको छ।

यसले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सार्वजनिक बहस गर्नुभन्दा पनि संसदमा उपस्थित हुँदा पालना गर्नुपर्ने मर्यादा र त्यसमा स्वास्थ्यगत कारणले आवश्यक पर्ने अपवादलाई औपचारिक प्रक्रियामार्फत सम्बोधन गरिएको देखिन्छ।

बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुनेछन्। बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ दिने कार्यक्रम छ।

त्यसअघि नै कालो चस्मा प्रयोग गर्नुपर्ने कारण र त्यसलाई पुष्टि गर्ने स्वास्थ्य परीक्षण रिपोर्ट संसद सचिवालयमा पुगेकाले प्रधानमन्त्रीले बैठकमा कालो चस्मा लगाएर उपस्थित हुने स्वास्थ्यगत आधारबारे सचिवालयलाई औपचारिक जानकारी गराइसकेका छन्।

0 Comments