काठमाडौँ । रसुवामा बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले ६ वटा हेलिकप्टर परिचालन गरेको छ। थप दुई वटा हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ जाने क्रममा रहेका छन्।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार दिउँसो २:४५ बजे प्रशासनलाई दिएको जानकारीअनुसार नेपाली सेनाले हालसम्म बाढी प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार गरेको छ।
उद्धार कार्यलाई थप सहज बनाउन प्रभावित क्षेत्रमा तीन वटा ड्रोनसमेत परिचालन गरिएको निर्देशनालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरमार्फत हवाई उद्धारसँगै ड्रोन परिचालन गरी उद्धार कार्यलाई सहयोग पुर्याइरहेको छ।






