१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढीमा उद्धार तीव्र, ड्रोन र सैनिक डगसहित साढे ४ हजारभन्दा बढी सैनिक परिचालित

रसुवा बाढी प्रभावितको उद्धारमा १५ वटा सैनिक तथा गैरसैनिक हेलिकप्टर परिचालित छन्। हवाई र जमिनी माध्यमबाट १ हजार २९ जनाको उद्धार हुँदा साढे ४ हजारभन्दा बढी सैनिक खोज, उद्धार र राहतमा खटिएका छन्।

अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतमा नेपाली सेनाले परिचालन बढाएको छ। शुक्रबार बिहान ९ बजेसम्म हवाई र जमिनी माध्यमबाट १ हजार २९ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार उद्धार कार्यमा सेनाका ६ र गैरसैनिक ९ गरी १५ वटा हेलिकप्टर परिचालित छन्। नेपाली सेनाका हवाई साधनबाट ७२४ र गैरसैनिक हवाई साधनबाट १०५ गरी ८२९ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १०१ जना विदेशी नागरिक छन्।

यसैगरी, २०० जनाको जमिनी उद्धार गरिएको सेनाले जनाएको छ।

साढे ४ हजारभन्दा बढी सैनिक परिचालित
बाढी प्रभावित जिल्लामा खोज, उद्धार तथा राहत वितरणका लागि नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

खोज तथा उद्धार कार्यमा ड्रोन र सैनिक डगसमेत प्रयोग गरिएको सेनाले जनाएको छ।

१ हजार १४५ जनालाई स्वास्थ्य सेवा
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका मेडिकल टोलीले हालसम्म १ हजार १४५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।

वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ५८३ जनालाई स्वास्थ्य सेवा दिएको छ। फिल्ड एम्बुलेन्सबाट खटिएको मेडिकल टोलीले धुन्चे क्षेत्रमा थप ५६२ जनालाई स्वास्थ्य सेवा दिएको सेनाले जनाएको छ।

२० ट्रक राहत सामग्री त्रिशूलीमा
प्रभावित क्षेत्रमा वितरणका लागि नेपाली सेनाका २० वटा ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म ढुवानी गरिएको छ।

त्रिशूली पुर्‍याइएको राहत सामग्री आवश्यकता अनुसार हवाई साधनमार्फत बाढी प्रभावित स्थानहरूमा पुर्‍याउने कार्य भइरहेको सेनाले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण र स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य जारी छ।

0 Comments