१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशीको बहावबारे चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ

अ+ अ-

काठमाडौँ । सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र हाललाई कुनै ठूलो जोखिम नरहेको जनाएको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन्।

मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग भइरहेको नियमित संवादका क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ । रसुवाको केरुङमा भोटेकोशी नदी थुनिएको स्थानबाट पानीको बहाव सतहभन्दा माथि (ओभर फ्लो) हुन थालेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

नदीको अवस्थाबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले भने, ‘अहिले बाँध नै फुटेको अवस्था भने होइन । केही साना हिमताल (ग्लेसियर) हरू फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभर फ्लो भएको छ । यद्यपि, तत्कालै ठूलो विपद्को जोखिम नदेखिए पनि सबैलाई उच्च सतर्कता अपनाउन हामी आग्रह गर्दछौँ ।’

चीनतर्फबाट प्राप्त जानकारीका आधारमा सरकारले स्थितिको निरन्तर अनुगमन गरिरहेको र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको समेत प्रवक्ता पोखरेलले बताए।

सरकारले नदी किनारका बस्तीहरूलाई विशेष सजकता अपनाउन र आधिकारिक सूचनाको प्रतीक्षा गर्न सूचित गरेको छ ।

0 Comments