काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि नि:शुल्क बस सेवा सञ्चालन सुरु गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि नि:शुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।
उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासंघले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३)लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।






