१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

अ+ अ-

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर-पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन-तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ ।

सरकारले अहिलेको विषम परिस्थितिमा आपत्कालीन अवस्था घोषणा गरी जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित सरोकार भएका सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी हवाई कम्पनीहरूको सहयोग र सहकार्यमा राहत वितरण तथा उद्धार कार्यलाई तीव्रता दिएको हो ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण तटीय क्षेत्रका बस्ती, सडक तथा पुल बगेपछि प्रभावित बासिन्दालाई हवाई मार्गको प्रयोग गरी खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको नुवाकोट तथा रसुवा जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ ।

देशका सबैजसो हवाई कम्पनीका हेलिकप्टर प्रयोग गरी प्रभावित क्षेत्रमा सामान ढुवानी गरिएको जानकारी दिँदै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले हिजो आइतबार २०० भन्दा बढी उडान भएको बताए ।

उनका अनुसार नेपाली सेनासहित सुरक्षा निकाय र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा सवारीसाधनको सहज पहुँच भएको नुवाकोटको बट्टारबाट बाढी प्रभावित क्षेत्रमा ढुवानी गरी फर्केर आउँदा गोसाईंकुण्ड पदमार्गमा अलपत्र परेका करिब २०० तीर्थयात्रुको उद्धार गरिएको छ ।

हेलिकप्टर प्रयोग गरी सामन ढुवानीसहित बाढी प्रभावितको उद्धार कार्यलाई आज बिहानैदेखि निरन्तरता दिएको बताउँदै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीले सरकारको निर्देशनअनुसार समन्वयात्मक एवं एकीकृत ढङ्गबाट सरोकार भएका सबैको सहयोग लिई उद्धार, राहत वितरण, पुन:स्थापना तथा पुनर्निर्माणको कामलाई प्राथमिकता दिन नीति रहेको स्पष्ट गरे ।

यसैबीच, बाउबाजेदेखिको थातथलोसहित परिवारका सदस्य गुमाएका रसुवा तथा नुवाकोटका बाढी पीडित परिवारजनले अकल्पनीय बाढीको सन्त्रासबाट आत्तिएर काठमाडौँ पुगेका तथा अध्ययनका सिलसिलामा काठमाडौँमा रहेकालाई काठमाडौँमा राहत वितरण गर्न सरकारसँग अनुरोध गरेका छन् ।

अहिले काठमाडौँका तारकेश्वर नगरपालिका–८ गैरीगाउँ–शान्तिटोलमा रसुवा बाढीबाट विस्थापित ९० घरपरिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसिरहेको पर्यटन व्यवसायीसमेत रहेका उत्तर गयाका बाढी प्रभावित शिव लामिछानेले जानकारी दिए । उनका अनुसार विपद्मा आश्रय दिँदै आएको स्वयम्भूस्थित यलो गुम्बामा बसिरहेका बाढी पीडितले समेत सरकारबाट राहत सुविधाको आस गरिरहेका छन् ।

0 Comments