१५ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री उद्धार कोषका नाममा नक्कली क्यूआरबाट ठगी हुन सक्ने भन्दै राष्ट्र बैंकले गरायो सचेत

अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने नाममा नक्कली क्युआर कोड तथा बैंक खाता प्रयोग गरी रकम संकलन गर्ने गतिविधि हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विपद्को समयमा सहयोग रकम पठाउँदा बैंक खाता र क्युआर कोडको आधिकारिकता सुनिश्चित गर्न आग्रह गरेको हो। कोषको नाममा नक्कली क्युआर तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी हुन सक्ने घटनातर्फ सचेत रहन विभागले अनुरोध गरेको छ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायत कुनै पनि माध्यमबाट रकम पठाउँदा प्राप्तकर्ताको खाताको नाम ‘‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’’ रहेको यकिन गर्नुपर्नेछ। रकम पठाउनुअघि विवरण ध्यानपूर्वक जाँच गरी पुनः पुष्टि गर्नसमेत आग्रह गरिएको छ।

त्यस्तै, कोषमा रकम जम्मा गर्न आधिकारिक बैंक खाता विवरण नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित सूचनाबाट मात्र लिन राष्ट्र बैंकले भनेको छ।

सामाजिक सञ्जाल, इमेल तथा विभिन्न मेसेजिङ एपमार्फत फैलाइएका अनधिकृत क्युआर कोड प्रयोग नगर्न पनि विभागले आग्रह गरेको छ। सहयोग रकम पठाउने बहानामा कसैले ओटीपी, पिन, पासवर्डलगायत संवेदनशील व्यक्तिगत विवरण मागेमा त्यस्ता जानकारी उपलब्ध नगराउन राष्ट्र बैंकले स्पष्ट पारेको छ।

रकम पठाउनका लागि आधिकारिक एप्लिकेसन प्रयोग गर्न र ठगीमा परेको आशंका भएमा तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नेपाल प्रहरीको साइबर ब्युरो वा सम्बन्धित वित्तीय ग्राहक संरक्षण निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले २०८३ भदौ १५ गते जारी गरेको सूचनामा विपद्का बेला सहयोग गर्न चाहने नागरिकलाई रकम पठाउँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

0 Comments