काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. डा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा.डा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्।
उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको हुन्। सिंह र शिवाकोटीलाई मंगलबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्ति पत्र ग्रहणका लागि बोलाइएको छ।
शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन्।






