काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
नगरपालिकाको ९१औँ कार्यपालिका बैठकले नगर विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले प्रभावित नागरिकको राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ।






