१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी)को आयोजनामा आज नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रका करिब २५ भन्दा बढी संघ-संस्थाको संयुक्त बैठकले नेपालको पर्यटन पुनरुत्थानका लागि हातेमालो गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकमा क्यूआरटीका संयोजक धमलाले संकटको घडीमा सरकार र निजी क्षेत्रले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले विगत एक हप्तादेखि मन्त्रालय र निजी क्षेत्रबीचको समन्वय प्रभावकारी बनेको र मन्त्रीस्तरबाटै विभिन्न समस्याहरूको तत्काल समाधान खोज्ने काम भइरहेको बताए ।

नेपाललाई अन्तरराष्ट्रियस्तरमा जोखिमपूर्ण क्षेत्रबाट हटाउन विश्व पर्यटन गठनमा थप पहल गरिने बताए । यस पुनरुत्थान अभियानको मुख्य आकर्षणका रूपमा ‘लाङटाङ’ क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले उल्लेख गरे । भूकम्पपछि बन्द रहेको लाङटाङ पदमार्ग र पर्यटकीय क्षेत्र खुला गर्दा विश्वभर नेपाल सुरक्षित छ र नेपालीहरू संकटसँग जुध्न सक्षम छन् भन्ने सकारात्मक सन्देश जाने विश्वास उहाँले व्यक्त गरे ।

बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण संकलन फारमलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटेल तथा रेस्टुरेन्टलगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम् रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

बैठकले लाङटाङ क्षेत्रमा चालु याममा पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलीब्रिज निर्माणका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढंगले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले जानकारी दिए । 

नेपालको पर्यटन अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठन, पाटालगायत अन्तरराष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा होटेल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष भरतजंग पाण्डे, नेपाल पर्वतारोहण संघ, होटेल व्यवसायी महासंघको सहभागिता थियो ।

यस्तै, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसियसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी संघ, नेपाल पर्यटक बस व्यवसायी संघ, कैलाश अपरेटर संघ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिहरूको सहभागिता थियो । 

0 Comments