२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छिन् ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आम नागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरेकी हुन् ।

यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदै छ । मन्त्री वादीले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका स्वरूप, माध्यम र चुनौतीसमेत परिवर्तन भइरहेकाले प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोग, जनचेतना अभिवृद्धि र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् ।

उनले तीनै तहका सरकारको स्पष्ट भूमिका र जिम्मेवारी,  कार्यान्वयन योजनासहित मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ कार्यान्वयनमा ल्याइएको जानकारी दिएकी छिन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न विधेयक संसद्मा विचारधीन रहेको र अन्य आवश्यक कानुनी सुधारका प्रक्रिया अघि बढिरहेको उनले बताएकी छिन् ।

प्राकृतिक विपद्का समयमा विस्थापन, असुरक्षा, गरिबी तथा रोजगारीको अभावका कारण महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समुदाय मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा पर्न सक्ने भएकाले यसतर्फ थप संवेदनशील र प्रभावकारी रूपमा क्रियाशील हुनुपर्नेमा मन्त्री वादीले जोड दिइन् ।

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिन् । उनले मानव बेचबिखन तथा ओसारपसारलाई मानव अधिकार, स्वतन्त्रता र व्यक्तिको मर्यादामाथिको गम्भीर आक्रमणका रूपमा उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रण, पीडित तथा प्रभावितको उद्धार, संरक्षण, पुन:स्थापना, न्यायमा पहुँच तथा आर्थिक सशक्तीकरणका लागि सरकारले कानुनी, नीतिगत तथा संस्थागत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिइन् ।

उनले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार र समुदायबीच निरन्तर सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउँदै सबैलाई यस अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेकी छिन् । 

0 Comments