काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४१ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।
मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाएको हो। मन्त्रालयको निर्णयअनुसार कुल ५२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।
सरुवा तथा कामकाजमा खटाइएकामध्ये ४१ जना विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। उनीहरूमध्ये कतिपयलाई अर्को स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने केहीलाई गृह मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, राष्ट्रिय किताबखाना तथा सूचना तथा सञ्चार मन्त्रालयलगायतका निकायमा सरुवा गरिएको छ।
त्यसैगरी, विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत तथा अन्य सरकारी निकायमा कार्यरत शाखा अधिकृत तथा प्रशासकीय अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजमा खटाइएको छ।
मन्त्रालयले केही प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा कामकाजका लागि खटाएको छ। यस क्रममा विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारीसमेत हेरफेर भएको छ।
मन्त्रालयको विवरणअनुसार सूचीमा रहेका कर्मचारीहरू नेपाल प्रशासन सेवा-सामान्य प्रशासन समूहका राजपत्राङ्कित तृतीय श्रेणीका प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत तथा प्रशासकीय अधिकृतलगायत छन्। एक जना नेपाल न्याय सेवा-न्याय समूहका प्रमुख प्रशासकीय अधिकृतसमेत सरुवामा परेका छन्।
नामावली :






