२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बटु लामिछाने महासंघको नवीकरणीय एवं ऊर्जा समिति सभापतिमा मनोनीत

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कार्यकारिणी समिति सदस्य एवं ऊर्जा उद्यमी बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ।

महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम लामिछानेलाई समितिको सभापतिको जिम्मेवारी दिएको हो।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक काम गर्दै महासंघको छवि र प्रतिष्ठालाई थप सशक्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

ऊर्जा नीति र गतिविधिमा केन्द्रित जिम्मेवारी
महासंघले समितिमार्फत ऊर्जा तथा नवीकरणीय ऊर्जासम्बन्धी गतिविधि, नीतिगत विषय र यस क्षेत्रसँग सम्बन्धित कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरेको छ।

समितिबाट भएका गतिविधि तथा कार्यसम्पादनको त्रैमासिक रूपमा पुनरावलोकन गरी मूल्यांकन गर्ने व्यवस्था रहेको पनि महासंघले लामिछानेलाई पठाएको मनोनयन पत्रमा उल्लेख गरेको छ।

जलविद्युत् र औद्योगिक क्षेत्रमा सक्रिय
लामिछाने बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन्। उनी लामो समयदेखि ऊर्जा तथा औद्योगिक क्षेत्रमा सक्रिय छन्। उनको नेतृत्वमा आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालनमा रहेको जनाइएको छ।

ऊर्जा क्षेत्र मुलुकको आर्थिक विकास र औद्योगिकीकरणको महत्त्वपूर्ण आधारका रूपमा विस्तार हुँदै गएको अवस्थामा महासंघको नवीकरणीय एवं ऊर्जा समितिको नेतृत्वमा लामिछानेको अनुभव उपयोगी हुने अपेक्षा गरिएको छ।

0 Comments