३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्रजात्रामा स्वयंसेवकलाई खाना, खाजा र पानीको व्यवस्था गर्दै महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई खाना, खाजा र पानीको व्यवस्था गर्ने भएको छ।

इन्द्रजात्राको तयारीबारे मंगलबार गुठीहरूसँग भएको छलफलमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक सेवाको भावनाले जात्राको बाह्य व्यवस्थापनमा खटिने स्वयंसेवकको आधारभूत आवश्यकतालाई महानगरले सम्बोधन गर्नुपर्ने बताइन्।

उनले कुनै स्वार्थ, पद वा आर्थिक अपेक्षाबिना फिल्डमा खटिने स्वयंसेवकलाई कम्तीमा खाना, खाजा र पानीको अभाव हुन नदिने गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिइन्। बाह्य व्यवस्थापनको संयोजन गणपतिलाल श्रेष्ठले गर्ने जानकारी दिँदै डंगोलले स्वयंसेवकको खाजालगायत आवश्यक व्यवस्थाको सूची तयार गरी प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरिन्।

महानगरपालिकाले पनि स्वयंसेवकको व्यवस्थापनसम्बन्धी कामलाई तीव्रता दिने उनले बताइन्। यस वर्षदेखि बाह्य व्यवस्थापनअन्तर्गत स्वयंसेवकको खाजालगायत आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने व्यवस्था गरिएको र इन्द्रजात्रामा पनि त्यसलाई निरन्तरता दिइने उनको भनाइ छ।

काठमाडौँमै मुआली बजाउने जनशक्ति तयार हुँदै
यसैगरी, महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा काठमाडौँमै मुआली बजाउने व्यवस्था गर्ने तयारी गरेको छ। त्यसका लागि लक्ष्मीश्वर, टेकुमा मुआली बजाउने जनशक्ति तयार पार्न तालिम सञ्चालन भइरहेको डंगोलले जानकारी दिइन्।

काठमाडौँमा मुआली बजाउने परम्परा कमजोर हुँदै गएपछि विगतमा भक्तपुरबाट जनशक्ति ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब महानगरभित्रै आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सुरु गरिएको बताइन्।

महानगरपालिकाबाट मुआली बजाउने परम्परा रोकिएको करिब २५ वर्ष भएको डंगोलको भनाइ छ। गोल्डेन जुब्लीपछि यसपटक महानगरपालिकाकै तर्फबाट मुआली बजाउने गरी तयारी भइरहेको उनले बताइन्।

तालिम सम्पन्न भएपछि यसै वर्षदेखि महानगरपालिकाबाटै मुआली बजाउने व्यवस्था गर्ने तयारी छ। त्यसका लागि हनुमानढोका कार्यक्रमबाट नेतृत्व र महानगरको सम्पदा शाखाबाट आवश्यक समन्वय गर्ने गरी काम अघि बढाइएको छ।

महानगरले इन्द्रजात्राको मुख्य कार्यक्रम हनुमानढोका क्षेत्रबाट नेतृत्व गर्ने तथा सम्पदासँग सम्बन्धित कार्यक्रमलाई समेत समन्वय गरी अघि बढाउने जनाएको छ।

0 Comments