काठमाडौँ । एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका नापी कार्यालय बर्दिबासका सर्वेक्षक शिव कुमार साहमाथि अनुसन्धान गर्न विशेष अदालतबाट म्याद थप गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भदौ ३१ गते विशेष अदालतको आदेशबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भएसँगै साहमाथिको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।
जग्गाको अंशबण्डा अनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने क्रममा दुःख-हैरानी दिई सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा आयोगको बर्दिबास कार्यालयबाट टोली खटिएको थियो।
टोलीले सेवाग्राहीबाट घुसबापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा साहलाई भदौ ३० गते नापी कार्यालय अगाडि रहेको खाजाघरबाट उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ।






