२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले यातायात क्षेत्रमा पुर्‍याएको क्षतिको विवरण उपलब्ध गराउन विभागको आग्रह

यातायात क्षेत्रमा बाढीबाट भएको क्षतिको यथार्थ अवस्था पहिचान गर्न गठित समितिका लागि सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम, अनुसन्धानकर्ता र नागरिकसँग विवरण मागिएको छ।

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले बाढीका कारण यातायात क्षेत्रमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सरोकारवाला निकाय तथा आमनागरिकसँग आग्रह गरेको छ।

यातायात पूर्वाधार, सवारीसाधन तथा सेवा सञ्चालनमा विपद्ले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने उद्देश्यले विभागले सार्वजनिक सूचना जारी गर्दै जानकारी मागेको हो।

पूर्वाधार विकास मन्त्रालयले यातायात क्षेत्रमा बाढीबाट भएको क्षतिको अवस्था अध्ययन तथा विवरण संकलन गर्न समिति गठन गरेको छ। सोही समितिलाई आवश्यक तथ्यांक र सूचना उपलब्ध गराउने प्रयोजनका लागि विभागले विवरण संकलन थालेको जनाएको छ।

विभागका अनुसार सरकारी निकाय, गैरसरकारी संस्था, निजी संस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा आमनागरिकले आफूसँग उपलब्ध क्षतिको विवरण पठाउन सक्नेछन्।

बाढीबाट यातायात क्षेत्रमा परेको असर तथा क्षतिसम्बन्धी विवरण विभागको आधिकारिक इमेलमार्फत वा लिखित रूपमा उपलब्ध गराउन सकिने सूचनामा उल्लेख छ।

सरोकारवालाबाट प्राप्त विवरणले यातायात क्षेत्रको क्षति पहिचान, त्यसको यथार्थ मूल्यांकन र पुन:स्थापनासम्बन्धी आगामी योजना निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0 Comments