५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा बेलीब्रिज जडानको तयारी, स्थायी पुल निर्माण पनि ठेक्कामा लैजाने

अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलमा तत्काल आवागमन खुलाउन बेलीब्रिज र वैकल्पिक सडक प्रयोग गरिने भएको छ। सडक विभागले सम्भव भएका स्थानमा ६ महिनादेखि एक वर्षभित्र स्थायी पुल निर्माण गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढी प्रभावित सडक तथा पुलको अवस्था र भइरहेको पुनर्निर्माणबारे जानकारी गराएका हुन्।

गल्छी-बेनीघाटमा यातायात सञ्चालन
महानिर्देशक जैसीका अनुसार गल्छी-बेनीघाट सडक खण्डमा जम्मा भएको दुईदेखि चार मिटरसम्मको गेग्रान र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। विभागले आवश्यक उपकरण परिचालन गरी तीनदेखि पाँच दिनभित्र सडक खुलाएको जनाएको छ।

त्रिशूली नदीको बहावले क्षति पुर्‍याएको कोल्मु खोला पुलमा अस्थायी विकल्पमार्फत सवारीसाधन सञ्चालन गरिएको छ। स्थायी पुल निर्माणको ठेक्का भई कामसमेत सुरु भइसकेको विभागले जनाएको छ। उक्त पुल १० देखि १५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

रातमाटे र तादीखोलामा अवरोध हटाइयो
रातमाटे क्षेत्रमा गएको ठूलो पहिरोका कारण रोकिएको यातायात सञ्चालन गर्न विभागले भित्री भागबाट वैकल्पिक बाटो खोलेको छ। आवश्यक उपकरण परिचालन गरी करिब एक सातामा सडक सञ्चालनमा ल्याइएको महानिर्देशक जैसीले जानकारी दिए।

तादीखोलामा थुप्रिएको गेग्रान पनि नेपाली सेना र सडक विभागको संयुक्त टोलीले हटाइसकेको छ।

विदुरमा ६० मिटरको बेलीब्रिज राखिने
विदुर क्षेत्रमा त्रिशूली नदीले दुईवटा पुल बगाएको स्थानमा तत्काल आवागमन खुलाउन उपलब्ध ६० मिटर लामो बेलीब्रिज जडान गर्ने तयारी गरिएको छ। नदीको बहाव व्यवस्थापन गरी १५ देखि २० दिनभित्र बेलीब्रिज सञ्चालनमा ल्याउने विभागको लक्ष्य छ।

बेलीब्रिजबाट समस्या समाधान हुन नसके स्थायी पुल निर्माणका लागि तत्काल ठेक्का प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

महानिर्देशक जैसीले भनेका छन्, ‘क्षतिग्रस्त सडक तथा पुलहरूमा तत्काल आवागमन सुचारु गर्न बेली ब्रिज र वैकल्पिक सडक प्रयोग गरिँदै छ । सम्भव भएका स्थानमा ६ महिनादेखि एक वर्षभित्र स्थायी पुल निर्माण गर्ने गरी ठेक्का प्रक्रियामा जाने तयारी छ ।’

घाटीबेँसी पुलमा प्राविधिक मूल्यांकन
घाटीबेँसीको क्षतिग्रस्त पुलका पिलर मर्मत गरी अस्थायी रूपमा सञ्चालन गर्ने वा नयाँ ‘ट्रस ब्रिज’ राख्ने भन्ने विषयमा प्राविधिक मूल्यांकन भइरहेको छ।

 मूल्यांकनपछि पुलको विद्यमान संरचना मर्मत गर्ने वा नयाँ संरचना निर्माण गर्ने भन्ने निर्णय लिइने विभागले जनाएको छ।

0 Comments