६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने क्रममा भदौ महिनामा मात्रै ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी-फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।

ग्रामीण तथा दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवा विस्तार गर्ने उद्देश्यअनुसार टेलिकमले सेवा विस्तार आवश्यक रहेका विभिन्न स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवाको गुणस्तरमा समेत सुधार आउनेछ।

बागमती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका-३ को कार्यालय क्षेत्र र च्याउन्डाँडामा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। चितवनको मोहनपुरमा पनि नयाँ साइट सञ्चालन भएको छ। गण्डकी प्रदेशतर्फ नवलपुरको पोखरीडाँडा र लमजुङको मध्यनेपालमा नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ। कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेत-जुम्लारोडमा मोबाइल साइट थपिएका छन्।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। यी स्थानमा नयाँ साइट थपिएसँगै मोबाइल फोन तथा मोबाइल ब्रोडब्यान्ड सेवाको पहुँच विस्तार हुने टेलिकमको अपेक्षा छ।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाउँदै देशभर फोरजी सेवाको पहुँच विस्तार, दूरसञ्चार सेवाका प्रयोगकर्ता बढाउने तथा मोबाइल ब्रोडब्यान्डको पहुँच थप विस्तार गर्ने लक्ष्य अघि सारेको छ।

डिजिटल प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत गुणस्तरीय सञ्चार सेवामा जोड्ने सरकारको नीति छ। त्यसअनुसार नेपाल टेलिकमले सेवा नपुगेका तथा थप विस्तार आवश्यक रहेका स्थान पहिचान गरी नयाँ मोबाइल साइट सञ्चालन गर्दै आएको जनाएको छ।

टेलिकमका अनुसार आगामी दिनमा पनि दूरसञ्चार सेवाको पहुँच कमजोर रहेका तथा नयाँ सेवा आवश्यक भएका स्थानमा क्रमशः मोबाइल साइट थप गर्दै जाने योजना छ। नयाँ पूर्वाधार विस्तारसँगै दुर्गम क्षेत्रका नागरिकको सञ्चार तथा डेटा सेवामा पहुँच बढ्ने र विद्यमान सेवाको गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ।

0 Comments