६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय अभियान चलाउने

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले संगठन विस्तार तथा जनसरोकारका विषयलाई केन्द्रमा राख्दै असोज १५ गतेदेखि दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। अभियानमार्फत पार्टी तथा जनवर्गीय संगठनको समायोजन, सदस्यता वितरण तथा नवीकरणलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियान केन्द्रदेखि स्थानीय तह, गाउँ, टोल हुँदै घरदैलोसम्म सञ्चालन हुनेछ। अभियानको विस्तृत कार्यविधि भने आगामी सचिवालय बैठकले तय गर्नेछ।

वाम एकताका लागि तीन सदस्यीय वार्ता टोली
बैठकले समान विचार र सिद्धान्त भएका वामपन्थी तथा कम्युनिष्ट पार्टीहरूसँग संवाद अघि बढाउन तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।

स्थायी समिति सदस्य देव गुरुङको संयोजकत्वमा गठित समितिमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य छन्। समितिलाई नेकपा एमालेसहित विभिन्न वामपन्थी दलसँग एकता तथा सहकार्यका लागि आवश्यक गृहकार्य अघि बढाउने जिम्मेवारी दिइएको छ।

महाधिवेशनको कार्यतालिका प्रभावित
बैठकले यसअघि मंसिरमा गर्ने तय भएको पार्टीको महाधिवेशनको कार्यतालिका पनि प्रभावित भएको जनाएको छ।

अविरल वर्षा, बाढी पहिरो तथा प्राकृतिक विपत्तिका कारण तल्लो तहका अधिवेशन निर्धारित समयमा सम्पन्न गर्न कठिनाइ भएको पार्टीको भनाइ छ। यही कारण महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका परिमार्जन गर्न लागिएको प्रवक्ता ज्वालाले जानकारी दिए।

उनका अनुसार संशोधित कार्यतालिका पार्टी सचिवालयबाट पारित भएपछि सार्वजनिक गरिनेछ। बैठकले संगठन सुदृढीकरण, पार्टी तथा जनवर्गीय संगठनको समायोजन र वामपन्थी शक्तिबीचको संवादलाई एकसाथ अघि बढाउने निर्णय गरेको छ।

0 Comments