७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्यसम्पादन सम्झौता, गत वर्ष ८६.३६ प्रतिशत लक्ष्य हासिल

अ+ अ-

काठमाडौँ। कोशी प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखबीच आर्थिक वर्ष २०८३-८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता भएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनाल तथा प्रदेशअन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुख र अन्य मातहत कार्यालयका प्रमुखबीच वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।

कार्यसम्पादन सम्झौताले चालु आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयले सम्पादन गर्नुपर्ने काम, लक्ष्य र जिम्मेवारीलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, आर्थिक वर्ष २०८२-८३ मा नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखबीच भएको वार्षिक कार्यसम्पादन सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८६।३६ प्रतिशत लक्ष्य हासिल गरेको जनाइएको छ।

प्राप्त विवरणअनुसार उक्त कार्यसम्पादन मूल्यांकनका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय प्रदेशस्तरीय मूल्यांकनमा सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय बनेको छ।

त्यस्तै, कोशी प्रदेश प्रहरी प्रमुख र प्रदेशअन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुखबीच भएको आर्थिक वर्ष २०८२-८३ को वार्षिक कार्यसम्पादन सम्झौताको मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९४.३८ प्रतिशत लक्ष्य हासिल गरेको छ।

९४.३८ प्रतिशत लक्ष्य हासिल गर्दै संखुवासभा जिल्ला प्रहरी कार्यालय प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट बनेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षका लागि भएको नयाँ कार्यसम्पादन सम्झौतामार्फत प्रदेश तथा जिल्ला तहका प्रहरी कार्यालयको कार्यसम्पादनलाई लक्ष्यमा आधारित बनाउँदै जिम्मेवारीअनुसारको प्रगति मूल्यांकन गर्ने आधार तय गरिएको छ।

0 Comments