काठमाडौँ । लुम्बिनी प्रदेशमा कार्यक्षमताको मूल्यांकनका आधारमा सात जना कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालयले प्रदेश प्रशासन-सामान्य प्रशासन सेवातर्फका नवौँ तहका रिक्त पदमा बढुवाका लागि उनीहरूको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेमा मेघराज पौडेल, लोककुमार कार्की, नवीन श्रेष्ठ, सुरजकुमार चुदारा, उपज ज्ञवाली, आलोक अग्रहरी र प्रेमलाल रसाइली रहेका छन्।
हेर्नुहोस् सूची :




