काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शाखा अधिकृत तथा भूमि प्रशासन अधिकृत गरी ४९ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
विभागको असोज १५ गतेको निर्णयअनुसार ३५ जना शाखा अधिकृत तथा भूमि प्रशासन अधिकृतको सरुवा गरिएको छ भने १४ जना शाखा अधिकृतको पदस्थापन गरिएको हो।






