२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरायसी विवादमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् नियन्त्रणमा

अ अ+ अ-

काठमाडौँ । बाराको निजगढ नगरपालिका–१२ राम थलीमा घरायसी विवादका क्रममा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छन् । घरायसी विवादका क्रममा उनका ५५ वर्षीय श्रीमान् विजय मोक्तानले लहराको टुक्राले प्रहार गरी कुटपिट गरेका थिए ।

कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलका चिकित्सकलाई घरमै बोलाएर प्राथमिक उपचार तथा औषधि गराइएको थियो । उपचारपछि सोही दिन राति ८ बजे खाना खाएर सुतेकी सुकुमायालाई भोलिपल्ट बिहान ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि उनको मृत्यु भइसकेको खुलेको हो ।

घटनाबारे बिहान ६:४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो । खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) र इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक (प्र.नि.) को कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ । घटनामा संलग्न श्रीमान् विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

0 Comments