२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिड्नीमा परराष्ट्र मन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

अ अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गरेका छन् । 

आज भएको भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै गएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

उनले विपद्पछिको पुन:स्थापना तथा पुनर्निर्माणका लागि न्यू साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको मन्त्रीको सचिवालयले जनाएको छ । 

सो अवसरमा परराष्ट्र मन्त्री खनालले विपद्का कारण प्रभावित नेपालीप्रति देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि न्यू साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति आभार व्यक्त गरेका थिए । 

मन्त्री खनालले विपद्पछि सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी प्रिमियर मिन्सलाई गराए । 

भेटवार्तामा नेपाल र न्यू साउथ वेल्सबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम (टिभिइटी) लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो ।

त्यसैगरी, नेपाल र न्यू साउथ वेल्सका उच्च शिक्षण संस्थाबीच सहकार्य तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।

0 Comments