काठमाडौँ । गृह मन्त्रालयले दुई सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार उदयपुर र अर्घाखाँची जिल्लामा प्रमुख जिल्ला अधिकारी पदमा पदस्थापन गरेको हो।
निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव कृष्णबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय उदयपुरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।
त्यस्तै, गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव विष्णुप्रसाद ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।



