२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सीता बादीसँग बालबालिकाको प्रत्यक्ष संवाद, नीतिगत सुधारका लागि सुझाव

अ अ+ अ-

काठमाडौँ । बालअधिकार संरक्षण, बालबालिकाविरुद्ध हुने हिंसाको अन्त्य तथा सुरक्षित भविष्य सुनिश्चित गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गरेकी छन्।

मन्त्रालयद्वारा आयोजित राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत ‘:मिट माई मिनिस्टर’ सत्रमा मन्त्री बादीले बालबालिकाका जिज्ञासा, अनुभव, समस्या तथा सुझाव सुनेकी हुन्।

संवादका क्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, बालविवाह, बालश्रम, विभेद, न्यायमा पहुँच, सुरक्षा तथा निर्णय प्रक्रियामा बाल सहभागितालगायतका विषय उठाएका थिए। उनीहरूले बालअधिकारको प्रभावकारी कार्यान्वयन र विद्यमान समस्याको समाधानका लागि नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको औँल्याएका थिए।

संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि(सीआरसी)अन्तर्गत नेपालले पेस गर्नुपर्ने प्रतिवेदन तयारी तथा बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि नीतिगत सिफारिस तयार गर्ने सन्दर्भमा उक्त संवाद आयोजना गरिएको हो।

कार्यक्रमले बालबालिकाका अनुभव र दृष्टिकोणलाई नीति निर्माण तथा निर्णय प्रक्रियासँग जोड्ने अवसर प्रदान गरेको छ। विशेषगरी बालबालिकाले प्रत्यक्ष रूपमा आफ्ना समस्या र अपेक्षा सम्बन्धित मन्त्रीसमक्ष राख्न पाउनुलाई कार्यक्रमको महत्त्वपूर्ण पक्षका रूपमा लिइएको छ।

बालबालिकाका सवाललाई नीति तथा कार्यक्रममा समेट्दै उनीहरूको अधिकार संरक्षण, अर्थपूर्ण सहभागिता र सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने विषय संवादमा उठाइएको थियो।

0 Comments