६ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले प्रक्षेपण गर्‍यो नयाँ भू-उपग्रह, कृषि अनुगमन र विपद् व्यवस्थापनमा प्रयोग हुने

अ अ+ अ-

काठमाडौँ । चीनले शुक्रबार नयाँ रिमोट सेन्सिङ भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन भू-उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह अन्तरिक्षमा पठाइएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ‘याओगान-५० ०३’ नामक भू-उपग्रहलाई परिमार्जित ‘लङ मार्च-६’ वाहक रकेटमार्फत प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको छ ।

चिनियाँ अधिकारीहरूले प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको जनाएका छन् । उक्त भू-उपग्रह मुख्यत: भू-सर्वेक्षण, कृषि उत्पादनको अनुमान, प्राकृतिक विपद् रोकथाम तथा राहत व्यवस्थापनसम्बन्धी कार्यमा प्रयोग गरिनेछ ।

रिमोट सेन्सिङ प्रविधियुक्त भू-उपग्रहले अन्तरिक्षबाट पृथ्वीको सतहसम्बन्धी विभिन्न तथ्याङ्क सङ्कलन गर्न सक्छ । यसबाट प्राप्त सूचनाले भूमि व्यवस्थापन, कृषि क्षेत्रको अनुगमन, बाली उत्पादनको आकलन तथा प्राकृतिक विपद्को जोखिम पहिचान गर्न सहयोग पुर्‍याउँछ ।

त्यस्तै, बाढी, पहिरोलगायत प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रको अवस्था अध्ययन गर्न र उद्धार तथा राहत कार्यको योजना बनाउन पनि यस्ता भू-उपग्रहबाट प्राप्त तथ्याङ्क उपयोगी मानिन्छ ।

यो प्रक्षेपण चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाअन्तर्गतको ६७२औँ उडान अभियान हो ।

0 Comments