१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

पूर्वनियोजित योजना र मिलेमतोमा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ भन्दा बढी आर्थिक हानि पुर्‍याएको आरोप, आपराधिक विश्वासघात तथा संगठित अपराधमा अनुसन्धान।

अ अ+ अ-

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा कानुनविपरीत काम भएको भन्ने उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ। अनुसन्धानका क्रममा तत्कालीन महाप्रबन्धक, संस्थानका उच्च तहका अधिकारी तथा कर्मचारीहरूको पूर्वनियोजित योजना र मिलेमतोमा विभिन्न समूह खडा गरी संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोप छ।

ब्युरोका अनुसार उक्त गतिविधिबाट संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि भएको देखिएको छ। घटनामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा संस्थानका तत्कालीन महाप्रबन्धक तथा हाल दुग्ध विकास संस्थान लेनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत काठमाडौँ महानगरपालिका-१६, वनस्थलीका ४५ वर्षीय सञ्जीव झा रहेका छन्।

त्यस्तै, दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत ४६ वर्षीय विजय कुमार यादव, संस्थानको केन्द्रीय कार्यालय लेनचौरमा कार्यरत ५५ वर्षीया मन्दरी शर्मा र दुग्ध वितरण आयोजना संकलन केन्द्रमा कार्यरत ४९ वर्षीय रामकेवल राय पनि पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्यमा चितवनका २८ वर्षीय जितेन्द्र कुमार यादव, सर्लाहीका ३२ वर्षीय नवीन राय यादव, चितवनका ४६ वर्षीय शिव नन्दन राय र चितवनकै ४८ वर्षीय विश्व बहादुर भण्डारी रहेका छन्। उनीहरू संस्थानसँग सम्बन्धित विभिन्न कार्यालय तथा आयोजनामा कार्यरत रहेको ब्युरोको विवरणमा उल्लेख छ।

केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पक्राउ परेका आठै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ। ब्युरोले उनीहरूलाई कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

0 Comments